२० मंसिर २०८२, शनिबार | December 6, 2025

कर्मचारीलाई कुटपिट गर्दै कार लुटेर भाग्ने तीन भारतीय नागरिक पक्राउ



धनगढी । कैलालीमा सरकारी कर्मचारीलाई कुटपिट गर्दै कार लगेर फरार भएका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । ‘पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ,’ प्रबक्ता जोशीले भने, ‘घटनाको कारण भने अझै खुलेको छैन, अहिले तीनै जनामाथी सोधपुछ भइरहेको छ ।’

सोमबार बिहान कञ्चनपुरबाट कैलालीको खानी डाँडा सम्म जाने भन्दै तीन जना भारतीय नागरिकले डडेल्धुराको आलिताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागेका थिए । पिडितका अनुसार कारमा तेल हालिदिने भन्दै तीनै जनाले गोदावरी नगरपालिका स्थित चुरे सम्म जान लिफ्ट मागेका थिए । तर कैलालीको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा पुगेपछि उनिहरुले फोटो खिच्ने बहानामा भण्डारीलाई बाहिर निकालेर कुट पिट गरी रुखमा बाधेर कार सहित फरार भएका थिए ।

कुटपिट गर्ने तथा कार चोरि गर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन् । उनीहरुलाई गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए । लुटिएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार पनि सामुदायिक वन जानेबाटोमा पर्ने पाठक पेट्रोल पम्प नजिक वेवारिसे अवस्थामा भेटिएको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ३४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय