२६ बैशाख २०८३, शनिबार | May 9, 2026

अफगानिस्तान भूकम्पमा मालिक गुमाएको कुकुरको हृदयविदारक तस्बिरले ट्वीट प्रयोगकर्ताको मन थामिएन



काबुल । अफगानिस्तानमा गत साता गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । भूकम्पको भग्नावशेषमा पुरिएका मानिसहरुको उद्धार कार्य जारी छ । भूकम्पले मानिस मात्र होइन, घरपालुवा जनावरलाई पनि ठूलो असर गरेको छ ।

भत्किएको घरकोबीचमा उभिएको एउटा कुकुरको तस्बीर एक प्रयोगकर्ताले ट्वीटर पोस्ट गरेपछि सहानुभूतिको वर्षा भएको छ । समिरा एसआरद्वारा पोस्ट गरिएको यस तस्बीरले विनाशकारी भूकम्प पछिको दृश्य देखाउँछ ।

‘यो कुकुरको घरमा भएका प्रत्येक व्यक्ति भूकम्पमा मारिएका थिए। उसलाई खुवाउन र पाल्नका लागि छिमेकीहरूले आफूसँगै लिएर गएका थिए । तर, ऊ बारम्बार भत्किएको घरमा फर्केर रुन थाल्छ’, तस्बीरको क्याप्सनमा लेखिएको छ । पोष्टका अनुसार यो तस्बिर पक्तिकाको गायनस्थित ओचकी गाउँमा खिचिएको हो ।

आफ्नो मालिकहरूको लागि खोजी गरिरहेको कुकुरको हृदयविदारक छविले ट्विटर प्रयोगकर्ताहरूले आँसु चुहाएका छन् । तिनीहरूमध्ये धेरैले कुकुरलाई पाल्ने प्रस्ताव पनि गरेका छन् । एक प्रयोगकर्ताले भने, ‘हामी मानिस कुकुरको योग्य छैनौं ।’

‘आशा छ उसले पहिले जस्तै माया गर्ने र हेरचाह गर्ने मालिक भेट्टाउनेछ । अफगानिस्तानमा जे भयो त्यसबाट निराश छु । प्रभुले सबैलाई बल दिनुहुन्छ’, अर्का प्रयोगकर्ताले लेखे ।

बुधबार आएका ६ दशमलब १ म्याग्निच्युडको भूकम्पका कारण सयौँ मानिसको मृत्यु हुनुका साथै दर्जर्नौ घर भत्किएका थिए ।

भूकम्पको धक्का भारत र पाकिस्तासम्म महशुस भएको थियो । स्थानीय समयअनुसार बिहान साढे १ बजे खोस्ट सहरबाट ४४ किलोमिटर टाढा उक्त भूकम्प गएको थियो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : १९ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु