१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

सबै माओवादी धार एकीकृत हुन आवश्यक छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुटफुट र विभाजनबाट अलगअलग भएका माओवादी धार एकीकृत बन्नुपर्ने बताएका छन् ।

नेत्र विक्रम चन्दको नेकपाबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुनसहितका नेताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादीका सबै धाराहरु एकीकृत हुन आवश्यक रहेको बताएका हुन् ।

प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत हुन जरुरी रहेको जिकिर गरे ।

विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिए पनि अहिले धेरै साथीहरु माओवादीको मूलधारमा फर्किन थालेको बताए । उनले भने, ‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले नेकपाका पूर्व पोलिटब्युरो सदस्य एवं सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

पुनसहित ६७ जना नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुले केही दिन अघि माओवादी पार्टीहरुबीच ध्रुवीकरणको अभियानमा लाग्ने भन्दै चन्द नेकपाबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ५९ बजे

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल