२३ बैशाख २०८१, आइतबार | May 6, 2024

प्रचण्डलाई घनश्याम भुसालको जवाफ – एमालेमा रोपेको बीऊ उम्रिँदैन



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले एमालेमा प्रचण्डले रोपेको बीऊ नउम्रिने दाबी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा बीऊ रोपेको र त्यसले केही समयमा फल दिने भने लगत्तै भुसालले प्रतिक्रिया जनाउँदै एमालेमा रोपेको बीऊ नउम्रिने बताएका हुन् ।

काठमाडौंमा वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले भने ‘अब नेपालमा एकीकृत कम्युनिस्ट पार्टी मात्रै बलियो पार्टीका रूपमा स्थापित हुने पनि बताए । उनले भने, ‘माओवादीको बीउ, एमालेको बीउ, समाजवादीको बीउ, कमरेड सीपीको बीउ, कमरेड फलानाको बीउ, अब यी बीउहरू उम्रिँदैनन् । रैथाने बीउहरू परापूर्वकालका बीउहरू राख्ने हो तर तिनीहरूले नै आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्छ । धेरै बीउहरूमध्येबाट सेलेक्सन गर्दै हाइब्रिड बनाउँदै अझ धेरै बीउ उत्पादन गर्ने बीउ बनाउनुपर्छ । कमरेड प्रचण्डले के भुल्नुभयो भने माओवादी, एमाले, एकीकृत समाजवादीको बीउ उम्रिँदैन । नेकपा विभिन्न सिडहरूबाट संकलित गरे बनाएको हाइब्रिड बीउ हो । तर हामीले त्यो बीउको भकारीमै आगो लगायौँ ।’

भुसालले कम्युनिस्टहरू फुटेर कमजोर भएको जिकिर गरे । भुसालले अलग÷अलग भएर कम्युनिस्ट पार्टीहरू नचल्ने बताए। उनले कम्युनिस्ट पार्टीको विभाजन आफ्नै घरमा आगो लगाउनुजस्तो भएको बताए ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : २० बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa