१० पुस २०८२, बिहिबार | December 25, 2025

लोसपाको केन्द्रिय समिति ५ सय १ सदस्सीय, आज नाम टुंगो लगाइदै



काठमाडौं । केन्द्रिय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बबरमहलस्थित पार्टी कार्यालयमा शनिवार अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगाय समसामयिक विषयमासमेत छलफल गर्ने भएको छ ।

केन्द्रिय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संसोधित बिधानलाई पारित गर्नेलगायतका अजेन्डामा बैठकका लागि तय गरिएका छन । ‘अपरान्ह १ बजे देखी बस्ने बैठकले केन्द्रिय कार्यसमितिको सदस्यको संख्या टुंग्याउने देखी सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले भने । उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाई सकेकाले त्यसलाई पारित गरी नाम टुंगो लगाउने दिशामा जानेछ ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ सदस्सीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो बिवरण निर्वाचन आयोगमा पेश गरर्नेछ ।

उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखी त्यसको नेतृत्वको बारेमा पनि बैठकले छलफल गर्नेछ भने केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता बिद्येयकलगायतको बिषयलाई समेत समेटेर बुझाएको ज्ञापनपत्रलाई कार्यान्वयन नगरेको असन्तुष्ट लोसपाको बैठक सो बारेमा पनि केन्द्रित हुनेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : ३१ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु