२९ भदौ २०८३, सोमबार | September 15, 2026

लोसपाको केन्द्रिय समिति ५ सय १ सदस्सीय, आज नाम टुंगो लगाइदै



काठमाडौं । केन्द्रिय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बबरमहलस्थित पार्टी कार्यालयमा शनिवार अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगाय समसामयिक विषयमासमेत छलफल गर्ने भएको छ ।

केन्द्रिय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संसोधित बिधानलाई पारित गर्नेलगायतका अजेन्डामा बैठकका लागि तय गरिएका छन । ‘अपरान्ह १ बजे देखी बस्ने बैठकले केन्द्रिय कार्यसमितिको सदस्यको संख्या टुंग्याउने देखी सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले भने । उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाई सकेकाले त्यसलाई पारित गरी नाम टुंगो लगाउने दिशामा जानेछ ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ सदस्सीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो बिवरण निर्वाचन आयोगमा पेश गरर्नेछ ।

उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखी त्यसको नेतृत्वको बारेमा पनि बैठकले छलफल गर्नेछ भने केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता बिद्येयकलगायतको बिषयलाई समेत समेटेर बुझाएको ज्ञापनपत्रलाई कार्यान्वयन नगरेको असन्तुष्ट लोसपाको बैठक सो बारेमा पनि केन्द्रित हुनेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : ३१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ