४ पुस २०८२, शुक्रबार | December 20, 2025

सर्वोच्च अदालतले विघटन गरिदिएको नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ ।

तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच आइतबार भेटवार्ता भएको हो ।

हात्तीवन स्थित एक अपार्टमेन्टमा उनीहरुबीच भेटवार्ता भएको स्रोतको भनाई छ । माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सार्वजनिक गरेकी हुन् ।

त्यसक्रममा नेताहरुबीच पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन बारे छलफल भएको बताइएको छ । नेताहरुबीच यसप्रकारको छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १० : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको