४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

लाफामा बबिनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व



बुटवल । बुटवलमा खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको  लाफा समुहको तेस्रो साधारण सभा तथा प्रथम अधिवेसनबाट बबिन थापाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ नेतृत्व चयनभएको छ । सोमबार भएको समुहको अधिवेशनबाट बबिनको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ज्ञानु थापा, उपाध्यक्ष विजय गुरुङ, सचिव बेगप्रसाद पाण्डेय, सहसचिव खिम सिंजाली, कोषाध्यक्ष यमबहादुर चौतारे, सह-कोषाध्यक्ष अनिल सिजाली निर्वाचितभएका हुन् ।

साधारणसभा तथा अधिवेशनको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले उदघाटन गरे । उदघाटनसत्रलाई सम्बाधेन गर्दै सदस्यसचिव भट्टराईले खेल र खेलाडीको विकासमा निजीस्तरमा स्थापना भएका संघसंस्थाहरुको योगदान महत्त्वपूर्ण रहेको बताए । उनले नेपालको खेलकुदमा सरकारको बजेट न्यून हुनुको नीतिगत रुपमा धेरै समस्या रहेको उल्लेख गर्दै खेलकुद नीतिमा सुधार गर्न नसकेको खेल क्षेत्रको विकास नहुने बताए ।

नीजि क्षेत्रबाट खेलकुद विकासमा योगदान भएको उदाहरण लाफा समूह भएको भन्दै उनले आगामी दिनमा पुर्वाधार विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्घता पनि जनाए।

कार्यक्रममा लाफाका उपाध्यक्ष बबिल थापाले ३ वर्षको अवधिमा ४ वटा ठुला ब्याडमिन्टन प्रतियोगिताका साथै भलिबल, फुटसल लगायतका धेरै प्रतियोगिता गर्न सफल भएको बताए । हाल लाफामार्फत ब्याडमिन्टनका १ सय २५ जना, भलिबलका ८५ जना, फुटसलका २५ जना सदस्यका साथै आमा र बाबा समुह लगायतको परिवार शक्तिको रुपमा रहेको उनले बताए ।

समुहका सल्लाहकार मीन सारुले लाफा सबै जाति, धर्म र संस्कृतिका खेलाडीलाई समेटेर अगाडि बढेको भन्दै खेललाई विकासमा महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगर वडा नं ८ का वडा सदस्य सीताखनाल, सल्लाहकार चक्रबहादुर थापा, संरक्षक बासुदेव लामिछाने, कानुनी सल्लाहकार कृष्ण रोक्कालगायतले खेलको विकासमा सरकारको ध्यानदिनुपर्ने बताए ।

अध्यक्ष तारासिह रेश्मीेले आफ्नो कार्यकालमा भएको कामको बारेमा जानकारी दिदै आगामी कार्यकालमा थप कार्यक्रमहरुमा सहयोगको प्रतिवद्धता जनाए ।

अधिवेशनबाट तिलक थापा, संगित प्रधान, बारिस राना, नरेश ढुगाना, गोपाल ज्ञवाली, बुनु थापा, दुर्गा सुन्धौली र प्रदिप पाण्डे सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : १० बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर