२७ बैशाख २०८३, आइतबार | May 10, 2026

भेरी अस्पतालमा डाक्टरको दादागिरी, वरिष्ठ डाक्टरबाटै ड्युटी नै नगरी असार २९ गते सम्मको अग्रीम हाजिरी



नेपालगन्ज । संघीय सरकारको मातहतमा रहेको नेपालगन्जको भेरी अस्पतालमा कार्यरत चिकित्सकले काम नै नगरेको दिनको पनि हाजिरी गरेर सरकारी सेवा बुझ्ने गरेका छन् । अस्पतालमा कार्यरत एकजना वरिष्ठ चिकित्सकले त महिना पुरा नहुँदै अग्रीम हाजिरी गर्ने गरेको समेत खुलासा भएको छ ।

अस्पतालमा ड्युटी नगरेर निजी अस्पतालमा समय बिताउने चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले संरक्षण गरेको भेरी अस्पताल विकास समितिले आरोप लगाएको छ । ड्युटी गर्न समयमा नआउने, काममा लापरवाही गर्ने र निजी अस्पतालमै समय बिताउने भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेश कुमार नागलाई स्वास्थ्य मन्त्रालयले संरक्षण गरेको समितिले आरोप लगाएको हो ।

काममा चरम लापरवाही गरेपछि समितिको तर्फबाट पटक पटक सुध्रिन अनुरोध गर्दा समेत अटेर गरेको पाइएको भन्दै डा. नागलाई आवश्यक कारवाही गरिदिन गतवर्ष २०७८ सालको साउन २२ गते बसेको समितिको बैठकले मन्त्रालयमा सिफारिस गरिएको भएपनि मन्त्रालयले बेवास्ता गरेको भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जनाएका छन् । सदस्य श्रेष्ठले लगातार अनुपस्थित रहेर ड्युटी नगरेका डा. नागले असार २० गते अस्पताल प्रशासनमा घुसेर असार २९ गते सम्मको अग्रीम हाँजिरी गरेको समेत खुलासा गरेका छन् ।

श्रेष्ठका अनुसार डा. नागले अग्रिम हाजिरी गरी आफ्नो उत्तरदायित्व र कर्तव्य बिमुख भयको पाइएको भन्दै समितिले आज पुनः कारवाहीका लागि जिल्ला प्रशासनमा बाँके मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरेको छ ।

अस्पतालका वरिष्ठ सर्जन पदमा कार्यरत रहेका डा. नागको नेपालगन्जको पासाङल्हामु मार्गमा बैष्णवी अस्पताल संचालनमा रहेको छ । डा. नागले अधिकांस समय आफ्नै अस्पतालमा दिने र महिनामा १/२ पटक भेरी अस्पताल पुगेर महिनाभरीको हाजिरी गर्ने गरेको अस्पतालका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताए ।

वरिष्ठ डाक्टरहरुनै अटेर गर्ने र आफ्ना निजी अस्पतालमा मात्र ध्यान दिंदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधारणले सास्ती खेप्नु परेको श्रेष्ठले बताए । उनले राज्यको सेवासुबिधा लियर गैह्र जिम्मेवार काम गर्नु गलत भएको बताउँदै अटेरी गर्ने जोकोही कर्मचारीहरुलाई कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरे ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ४ : १४ बजे

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना

पारिस्थितिकी र अर्थतन्त्र प्रतिद्वन्द्वी होइनन्, सहयात्री हुन्

आधुनिक इतिहासको अधिकांश समयसम्म विश्व एउटा यस्तो विश्वासमा चल्यो कि

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली