१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

एसएसपी बढुवामा शीर्ष नेतृत्वको हस्तक्षेप



काठमाडौं । नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आपूmनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्न थालेका हुन् ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय भने ज्येष्ठता र कार्यसम्पादनका आधारमा एसएसपी बढुवा गर्ने तयारीमा छ । तर, पछिल्लो ब्याचका एसपीहरू शक्ति केन्द्रको आडमा ब्याच मिचेर जसरी पनि एसएसपी हुने दौडमा लागेपछि शक्तिकेन्द्रले गृहमन्त्री बालकृष्ण खाँड तथा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई दबाब दिन थालेको स्रोतको दाबी छ ।

यस्तो दबाब राजनीतिक दलका शीर्ष नेताहरूबाटै पर्न थालेको हो । स्रोतका अनुसार आपूm बढुवामा पर्न केही एसपीहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकहाँ धाउन पुगेका छन् भने केही भने बालुवाटार धाउन थालेका छन् ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय राष्ट्रिय अनुसन्धान विभागमा स्थान्तरण भएर आएका र २०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीलाई बढुवा गर्ने पक्षमा छ ।

विभागमा ५ पुस २०५३ मा भर्ना भएका प्रहरी निरीक्षकलाई २५ पुस २०५८ मा नेपाल प्रहरीमा स्थान्तरण गरिएको थियो । त्यस टोलीमा बाँकी रहेका र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकालाई तानेर एसएसपीमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।

गृह स्रोतका अनुसार २०५६ मा प्रहरी निरीक्षक बनेकाहरू पनि अहिले २०५३ र २०५४ को ब्याचलाई उछिनेर एसएसपी बन्ने दौडमा शक्तिकेन्द्रबाट दबाब दिनेगरी लबिङमा लागेका छन् । उनीहरू वरीयताक्रम र ज्येष्ठताका आधारमा नभई कार्यसम्पादन हेरेर बढुवा गरिनुपर्ने भन्दै लबिङमा लागेका हुन् । विस्तृत समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ३६ बजे

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको

टी-२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका सुपर-८ बाट बाहिरियो

काठमाडौं। घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन

निर्वाचन आउन ७ दिन बाँकी : कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा