२१ बैशाख २०८३, सोमबार | May 4, 2026

खुमलटारमा माओवादी पूर्वस्थायी समिति सदस्यहरुको बैठक, पदाधिकारी चयनमा बैठक केन्द्रित



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको टुँगो लगाउने कसरत शुरु गरेको छ । सोही सन्दर्भमा आज बिहानैदेखि सुरु भएको माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक खुमलटारमा जारी छ । बैठकले पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

मंगलबार पूर्व स्थायी समिति र इन्चार्जहरूको बैठकले पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । प्रचण्डले थप परामर्शको लागि आज पनि पूर्व स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

सम्भवत आज बस्ने केन्द्रीय समिति बैठकमा प्रचण्डबाट पदाधिकारीको प्रस्ताव आउने अपेक्षा गरिएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी पनि भइरहेको एक माओवादी नेताले बताए ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ०९ बजे

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा