३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : एमाले, संसद बैठक बहिस्कार



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल राजीनामा गर्न लगाउनु पर्ने वा बर्खास्ती गर्नु पर्ने बताएका छन् ।

अर्थमन्त्री रहेकै अवस्थमा उनीमाथि समितिले छानबिन गर्न नसक्ने बताएका छन् ।

संसद बैठकमा नेता भट्टराईले छानबिन समितिले उनीमाथि अब छानबिन गर्ने नभएर उनले गरेको हरकतमाथि छानबिन गर्ने बताए । उनले फौजदारी अपराध गरिसकेको र उनीमाथि भन्दा पनि उनको अपराधमाछि छानबिन हुने उनको भनाइ छ ।

उनले भने, ‘यसकारण पहिला अर्थमन्त्रीबाट राजीनामा दिनुहोस् । अर्थमन्त्रीको हैसियतको पदमा संसदमा अब बोल्न पाउँदैनन् । सांसदको हैसियतले मात्रै बोल्ने हो । उनकै कारण अर्थमन्त्रालय दिशाविहीन भयो । अर्थसचिब उहाँकै कारण बिदामा बस्नु भएको छ । छानबिन समितिले अब उहाँसँग बयान लिन्छ ।’

अर्थमन्त्रीको हैसियतले संसदमा बोल्न नपाउने उनको भनाइ छ ।

त्यसपछि नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको मन्तव्य नसुनी प्रमुख प्रतिपक्ष दलले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्माले राजीनामा नदिएको भन्दै एमालेले संसद बैठक बहिस्कार गरेका हुन् ।

एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि समिति बनाई सकेकाले भन्दै रोष्ट्रममा उभिएर धारणा राख्न नपाउने बताए ।
‘अर्थमन्त्रीमाथि संसदीय छानबिन समितिमा बनेको छ, संसदीय छानबिन परेको व्यक्तिले कि त राजीनामा दिनुपर्छ कि त बर्खास्त गर्नुपर्छ । तर, यहाँ मन्तब्य दिन बोलाइएको छ, यो मान्य हुने छैन ।’ एमालेले बहिस्कार गरे पनि अर्थमन्त्री शर्माले भने संसद बैठकमा धारणा राखिरहेका छन् ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : २७ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको