१ पुस २०८२, मंगलबार | December 16, 2025

भेरी अस्पतालमा अग्रीम हाजिरी गर्ने डाक्टरलाई ४८ घण्टा भित्र मन्त्रालय उपस्थित हुन आदेश



नेपालगन्ज । विगत १ वर्ष देखि भेरी अस्पताल बिकास समितिले कारवाहीको लागि पठाएको सिफारिसको बेवास्ता गरेको संघीय सरकारको स्वास्थ्य मन्त्रालयले समितिको दोस्रो पत्रको भने तुरुन्तै कार्यान्वयन गरेको छ । अग्रिम रुपमा सरकारी अस्पतालमा हाजिर गर्दै निजीमा गएर काम गर्ने भेरी अस्पतालका चिकित्सक डा. सुरेश कुमार नागमाथि मन्त्रालयले कारबाही अगाडि बढाएको छ ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर नागले अग्रिम हाजिर गर्दै निजीमा काम गरेको फेला परेपछि अस्पताल विकास समितिको सिफारिसमा मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेशसहितको पत्र पठाएको छ । मन्त्रालयले बुधबार डाक्टर नागलाई मन्त्रालयमा उपस्थित हुन पत्र काटेको हो ।

मन्त्रालयमा स्पष्टीकरणसहित उपस्थित भए पश्चात अन्य कारबाही प्रक्रिया अगाडि बढाउने मन्त्रालय स्रोतले जनाएको छ । डाक्टर नाग असार २० गते सोमबार अस्पतालमा पुगेर असार २९ गतेसम्मको हाजिरी गरेर गएको प्रमाणसहित विकास समितिले जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कारबाहीका लागि माग गर्दै पत्र पठाइएको थियो ।

डाक्टर नागले अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको भन्दै यसअघि पनि अस्पताल विकास समितिले २०७८ साल साउन २२ गते कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको भएपनि मन्त्रालयले कुनै कदम अगाडि नबढाउँदा डा. नागको लापरवाही अझै बढेको थियो ।

नेपालगन्जको पासाङल्हामु मार्गमा डाक्टर नागको आफ्नै वैष्णवी अस्पताल सञ्चालनमा रहेको छ । वरिष्ठ डाक्टरहरुले नै अटेर गर्ने र आफ्ना नीजि अस्पतालमा मात्र ध्यान दिँदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधरणले सास्ती खेप्नु परेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताए । राज्यको सेवा सुविधा लिएर गैरजिम्मेवार काम गर्नु गलत भएको भन्दै यस्ता अटेरी गर्ने जो कोही कर्मचारीलाई कारबाही गर्न आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : ०० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष