२० बैशाख २०८१, बिहिबार | May 2, 2024

माओवादी केन्द्रीय समितिको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि बिहीबार बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन् ।

साथै अध्यक्ष प्रचण्डले पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समिति सदस्य चयनको ठोस प्रस्ताव ल्याउने तयारी छ । पूर्व स्थायी र प्रदेश इन्चार्ज सहभागी केन्द्रीय कार्यालयको विस्तारित बैठकले सोको जिम्मा अध्यक्षलाई दिएको छ ।

माओवादीको आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

पार्टीको महत्वपूर्ण जिम्मेवारी मानिने महासचिवका आकांक्षी धेरै छन् । जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, पम्फा भुसाल, देव गुरुङ महासचिवका आकांक्षीका रुपमा हेरिएको छ । तर, शर्मा र पुन मुख्य दाबेदार हुन् । उनीहरुबीच सहमति नभएको खण्डमा भने अन्य आकांक्षीले पाउने बताइएको छ ।

तर, बजेट निर्माण प्रक्रियामा त्रुटि गरेको भन्दै चौतर्फी विरोध भएपछि हालै अर्थमन्त्रीबाट बाहिरिएका शर्माको पार्टीको भावी नेतृत्वका रूपमा हेरिएको र कार्यकारी पदसमेत रहेको महासचिवमा अब सम्भावना कम भएको माओवादी नेताहरूले बताउन थालेका छन् । साथै उक्त पदमा पुनको सम्भावना बलियो बनेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ७ : ४० बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई