२१ बैशाख २०८३, सोमबार | May 4, 2026

अर्थमन्त्रीको विषय उचालेर सत्ता गठबन्धनलाई अप्ठेरोमा पार्न खोजियो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

राजधानीको प्रज्ञा भवनमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनलाई कमजोर बनाउन चारैतिरबाट आक्रमण सुरु गरिएको बताएका छन् ।

गठबन्धनलाई अप्ठेरोमा पार्ने डिजाइनअन्तर्गत अर्थमन्त्रीको विवाद उछालेको जिकिर गर्दै प्रचण्डले मन्त्री शर्माले पदबाट राजीनामा दिएर षड्यन्त्रकारीहरुलाई जवाफ दिएको बताए । प्रचण्डले अर्थमन्त्रीले उच्च नैतिकता प्रदर्शन गरेको जिकिर समेत गरे । प्रचण्डले भने, ‘राजीनामाले एउटा सन्देश गएको छ । यसबाट नैतिकता, त्याग र वैधानिक तरिकाले प्रश्नको समाधान गर्नेबारे आम कार्यकर्ता र जनतालाई पनि प्रशिक्षित भएको छ ।’

राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने बताउँदै प्रचण्डले सरकार र गठबन्धनलाई नै अप्ठयारो पार्ने तथा माओवादीलाई नै पनि अप्ठ्यारोमा पार्ने डिजाइन देखेपछि त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट जवाफ दिएको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले आजैको बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटव्यूरो सदस्यहरुको नाम घोषणा गर्ने तयारी गरेका छन् । यसअघि मंगलबार र बुधबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १२ : १५ बजे

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा