१० पुस २०८२, बिहिबार | December 25, 2025

सरला यादव बनिन एकीकृत समाजवादीको प्रमुख सचेतक



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ ।

शुक्रवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रीय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय भएको पनि जानकारी दिए प्रवक्ता खतिवडाले बैठकमा पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको बताए ।

खतिवडाले भने, ‘पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । प्रतिनिधि सभाको प्रमुख सचेतकमा हाम्रो संसदीय दलको तर्फबाट सरला यादवलाई मनोनयन गर्ने निर्णय गरेको छ । हाम्रो पार्टीबाट सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद, पार्टी केन्द्रीय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ ।’

बैठकपछि संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बैठकमा हालै सम्पन्न केन्द्रिय परिषदका बैठकले निर्णय गरे बमोजिम पार्टीलाई देशका १६५ वटा संघीय निर्वाचन क्षेत्र र ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टी संगठन बिस्तार गर्ने, जनवर्गीय संगठनहरु बिस्तार गर्ने र पार्टी संगठनलाई राष्ट्रव्यापीरुपमा बिस्तार गर्ने निर्णय गरेको बताए । खनालले भने, ‘आज हाम्रो सचिवालयको सम्पन्न भयो । यो बैठकमा भर्खरै सम्पन्न केन्द्रिय परिषदका बैठकले निर्णय गरे बमोजिम हाम्रो पार्टीलाई देशका १६५ वटा नै संघीय निर्वाचन क्षेत्र र ३३० वटा नै प्रादेशिक निर्वाचन क्षेत्रमा व्यापक रुपले पार्टी संगठन बिस्तार गर्ने, जनवर्गीय संगठनहरु बिस्तार गर्ने, पार्टी संगठनलाई राष्ट्रव्यापीरुपमा बिस्तार गर्ने निर्णय गरियो । अब हामी चाँडै नै आम निर्वाचनको दिशातर्फ अघि बढीरहेको हुनाले संघीय निर्वाचन र प्रादेशिक निर्वाचन दुवै निर्वाचनहरु सन्निकट हुँदै गएकोले निर्वाचनको बारेमा पनि व्यापकरुपले तयारी गर्ने कुरालाई पार्टीव्यापी रुपमा अघि बढाउने निर्णय भयो ।’

सम्मानित नेता खनालले मुलुक संघ र प्रदेशको निर्वाचनमय हुन लागेको भन्दै आगामी निर्वाचनका बारेमा तयारी गर्ने कुरालाई पार्टीव्यापी रुपमा अघि बढाउने निर्णय भएको बताए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : ४० बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न