५ पुस २०८२, शनिबार | December 20, 2025

जापानी पूर्व प्रधानमन्त्री आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक



काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालमा पनि राष्ट्रिय शोक मनाउन लागिएको छ ।

आबेको निधनमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने भएको हो । गृह मन्त्रालयले शोक वक्तव्य जारी गरी आज कुनै पनि औपचारिका कार्यक्रम आयोजना नहुने जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असार २५ गते उहाँको निधनमा शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिका कार्यक्रम आयोजना नहुने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि शुक्रबार गोली प्रहार गरिएको थियो । जापानको पश्चिमी शहर नारामा चुनावी सभालाई सम्बोधनका क्रममा भएको आक्रमणमा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा अस्पतालमा निधन भएको छ ।

यसमा नेपाल सरकारले दुःख व्यक्त गरेको छ । उनको परिवार, जापानी सरकार र जापानी जनताप्रति समवेदना प्रकट गरिएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : २४ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय