२ पुस २०८२, बुधबार | December 17, 2025

एलन मस्कद्वारा ४४ अर्ब डलरको ट्विटर किन्ने कबोल अन्त्य



एजेन्सी
न्युयोर्क । अमेरिकी अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन् ।

विश्वका सबैभन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्विटर किन्ने निर्णय गरेका थिए । तर, उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।

ट्विटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफू पछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ ।

उल्लंघनवापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामना गर्नु पर्न सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ४३ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन