१० पुस २०८२, बिहिबार | December 25, 2025

स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न माओवादी केन्द्रले बनायो समिति



काठमाडौं । नेकपा माओवादी केन्द्रले गत वैशाखमा भएको स्थानीय तह निर्वाचतमा पार्टीभित्रै भएको अन्तर्घातको छानविन गर्ने भएको छ । त्यसका लागि माओवादी केन्द्रले छानविन समिति बनाएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा शनिबार बसेको स्थायी सिमिति बैठकले स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न तीन सदस्यीय समिति बनाएको हो ।

समितिको संयोजकमा अनुशासन आयोगका अध्यक्ष टंक राई छन् भने सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।

केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको र आफ्ना उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थायी समितिले अन्तर्घातको विषयमा छानविन गर्न समित गठन गरेको हो ।

माओवादीमा मधेश प्रदेशमा अन्तर्घात भएको केन्द्रमा रिपोर्टिङ गरिएको थियो । अन्तर्घातकै कारण माओवादी मधेशमा कमजोर बनेको बताइएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : २० बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न