काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुनः बढ्दै गएको छ । दिनदिनै संक्रमितको संख्या बढ्दै जाँदा फेरि अर्को संक्रमणको लहर आउने हो कि भन्ने चिन्ता थपिएको छ ।
आइतबार एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३ हजार ४५ जनाको परीक्षण गर्दा १२१ जनामा संक्रमण भएको हो । १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
संक्रमित थपिँदै जाँदा सक्रिय संक्रमितको संख्या पनि दिनदिनै बढ्दै गएको छ । आज ४७१ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ३१ जना मात्र संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।




















प्रतिक्रिया