८ चैत्र २०८२, आइतबार | March 22, 2026

शेखर कोइराला निकटले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने



काठमाडौं । नेपाली काग्रेसका नेता शेखर कोइराला समुहले केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन ।

भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पुर्णता दिन माग गर्दै अपरान्ह १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहदाँ कोइराला पक्षधर तरुण र बिद्यार्थी नेताहरुले सो प्रदर्शन गर्नेछन् । ‘भातृ संस्थाको तत्काल बैधानिक पुर्णता हाम्रो सरोकार, नेपाली कांग्रेस भित्र समान र न्यायपुर्ण प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने माग सहित प्रदर्शन गर्न लागेको प्रेमिका राना मगरले जानकारी दिइन् । उनका अनुसार नेपाल बिद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले सो प्रदर्शनमा भाग लिनेछन ।

सभापति देउवाले आफु निकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘वाइपास’ गरेको, गठन भएको कार्यसमितिलाई पुर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व प्रदान नगरेको भन्दै सो प्रदर्शन हुन लागेको कोइराला पक्षधरले जनाएका छन ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : २७ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल