काठमाडौं । उपसभामुख पदका लागि सत्ता गठबनधनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छिन् ।
भोलि शुक्रबार हुन लागेको उपसभामुखको निर्वाचनमा भुसालले मनोनयन दर्ता गरेकी हुन् ।
भुसालको प्रस्तवकमा नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ रहेका छन् भने एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थन गरेकी छिन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा असार ३१ गते शुक्रबार उपसभामुख पदको निर्वाचन गर्ने घोषणा गर्दै कार्यतालिका प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए ।
झण्डै साढे ३ वर्षदेखि रिक्त रहेको सो पद अबको नयाँ निर्वाचनसम्मका लागि मात्र रहनेछ ।
उपसभामुख पदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि उम्मेदवारी दिनेभएको छ ।



















प्रतिक्रिया