काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित भएकी छिन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकमा भएको मतदानमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सांसद भुसाल बहुमतले निर्वाचित भएकी हुन् ।
२४२ जना सांसद उपस्थित भएको बैठकमा भुसालको पक्षमा १४२ मत परेको छ । उनको विपक्षमा ९३ मत परेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचन भएको घोषणा गरेका छन् ।
भुसालको पक्षमा गठबन्धनका सांसदहरुले मतदान गरेका छन् । विपक्षमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मतदान गरेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका सांसदले भने मतदानमा भाग लिएनन् ।
भुसाल निर्वाचित भएपछि एमालेकी विद्या भट्टराईलाई निर्वाचित गरियोस भन्ने प्रस्ताव निर्णायार्थ पेश गर्न नपरेको जानकारी पनि सभामुख सापकोटाले गराएका छन् ।



















प्रतिक्रिया