१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

लुम्बिनी प्रदेश विश्वबिद्यालय थेसिस बेच्ने पसल बन्न नहुने



खजुरा । लुम्बिनी प्रदेश विश्वबिद्यालयमा राजनीतिकरण गर्न नहुने सरकोरवालाहरुले सुझाएका छन् । विश्वबिद्यालय नागरिक सरोकारवालाहरुको भेलाले विश्वबिद्यालय संचालनमा नआएँदै तालाबन्दी हुने गरि राजनीतिकरण नगर्न दलहरुलाई सुझाएका हुन् ।

बाँकेको खजुरामा आयोजित विश्वबिद्यालयमा नागरिक सरोकार छलफल कार्यक्रममा उपस्थित नागरिक अगुवाहरुले यस अघि सरकारले संचालनमा ल्याएको विश्वबिद्यालयहरुमा संचालन नहुँदै तालाबन्दी, हड्ताल र अराजक गतिबिधि हुने गरेको भन्दै प्रदेश विश्वबिद्यालय त्यस्ता क्रियाकलापबाट मुक्त हुनु पर्ने बताए । उनीहरुले विश्वबिद्यालय आफुले ल्याएको श्रेय लिने होड छाडेर सबैको साझा धारणाबाट विश्वबिद्यालय सम्भव भएको धरणा बनाउन सबैलाई आग्रह गरे । सहभागिहरुले विश्वबिद्यालय थेसिस बेच्ने पसल बन्न नहुने बताउँदै शैक्षिक प्रमाणपत्र बाँड्ने भन्दा दक्ष जनशक्ति उत्पादन गर्ने खालको विश्वबिद्यालय आवश्यक रहेको बताए ।

छलफल कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै प्राध्यापक कविन्द्र भट्टराईले काम लाग्ने जनशक्ति निर्माण गर्ने खालका प्राबिधिक विषय समावेश गर्न सकेमात्र विश्वबिद्यालयले सफलता पाउने बताए । उनले देशको दक्ष जनशक्ति बाहिर पलायन भईरहेको चर्चा गर्दै दक्षजन शक्ति उत्पादन र रोजगार दिन सक्ने गरि विश्वबिद्यालयको मोडेल बन्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले अस्पताल आफुले ल्याएको श्रेय लिने होड छाड्न आग्रह गरे । उनले कर्मचारीहरुको टिप्पणी उठाउने संस्कृतिका कारण कुनै पनि परियोजना समयमा नहुने गरेको बताउँदै विश्वबिद्यालयको कार्यान्वयन छिटो गराउन सबैको साझा दवाव आवश्यक पर्ने बताए । उनले अव बाँकेको खजुराबाट विश्वबिद्यालय कसैले अन्यत्र लैजान नसक्ने दाबी गर्दै छिट्टै विश्वबिद्यालय संचालनमा आउने जानकारी दिए ।

खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक तुफानले विश्वबिद्यालयका लागि जग्गा प्राप्ती प्रमुख कार्यभार रहेको बताउँदै द्रुतगतिमा जग्गा प्राप्तीको काम अगाडि बढेको जानकारी दिए । विश्वबिद्यालय संचालन गर्न सबैको साझा संकल्प र सक्रियता आवश्यक पर्ने भन्दै त्यसकालागि सहकार्य गर्दै आफु अगाडि बढ्ने बताए ।

त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक डा. जनार्दन आचार्यले अहिले सम्म संचालनमा रहेका विश्वबिद्यालयमा रहेका बिकृत्तिबाट पदेश विश्वबिद्यालय मुक्त हुनुपर्ने बताए । उनले अहिले सम्म विश्वबिद्यालय संचालनको बिधि राम्रो नभएको जनाउँदै अव बन्ने विश्वबिद्यालयहरु व्यवहारिक र परिणाममुखी हुनु पर्ने बताए ।

खजुरा गाँउपालिकाका निबतर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले निर्वाचनमा आ आफ्नो रानीतिक विचार र दृष्टिकोण रहेपनि बिकासका सवालमा राजनीति गर्न नहुने बताए । उनले विश्वबिद्यालयको सवालमा आफु राजनीति भन्दा माथि उठेर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

पत्रकार शरण कर्माचार्यले विश्वबिद्यालय थेसिस बेच्ने पसल बन्न नहुने बताए । उनले शैक्षिक प्रमाणपत्र भन्दा दक्ष जनशक्ति उत्पादन विश्वबिद्यालयको लक्ष्य हुनु पर्ने बताए ।

कार्यक्रममा ज्ञानोदय क्याम्पसका अध्यक्ष भक्तबहादुर केसी, शिक्षाबिद किरण आचार्य, सुशिल कोईराला क्यान्सर अस्पतालका निर्देशक डा. कृष्ण आचार्य, युवा नेता भिम वली बिबेक मल्ल लगायतले खजुरामा विश्वबिद्यालय संचालन गर्ने निर्णय गरेर बाँके र बर्दियालाई प्रदेश सरकारले न्याय गरेको धारणा राखे ।

प्रदेशको अघिल्लो सरकारले गरेको प्रस्तावलाई मुर्तरुप दिँदै प्रदेश सरकारबाट आव २०७९र८० मा विश्वबिद्यालय स्थापना गर्ने गरि नीति कार्यक्रम र बजेट समेत बिनियोजन गरेको छ । विश्वबिद्यालय संचालनलाई कार्यान्यन गर्न बुधबार प्रदेश योजना आयोग उपाध्यक्ष बामदेव क्षेत्रीले विश्वबिद्यालयलाई छुट्याईएको जग्गाको स्थलगत अवलोकन गरेका थिए । आजको भेलाले पनि विश्वबिद्यालयको प्रारम्भिक केन्द्रीय कार्यालय जनक शिक्षाको भवनमा राख्ने प्रस्ताव उपयुक्त भएको ठहर गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ५८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित