१७ पुस २०८२, बिहिबार | January 1, 2026

पाल्पामा यसरी लुटियो सडक ठेकेदारको २० लाख रुपैयाँ



पाल्पा । पाल्पामा सडक ठेकदार सुमन पन्थ समेत दुई जनाको साथबाट नगद २० लाख रुपैयाँ गएराति लुटपाट भएको छ ।

पन्थ तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकबाट पुर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार हुन् ।

प्रहरीका अनुसार पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र।३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थ सहित तीन जना तानसेन नगरपालिका–५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेका थिए ।

सोहीबेला पन्थ समेत दुई जनालाई अन्दाजी ७÷८ जना अपरिचित ब्यक्तिहरुले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चावी समेत लुटी फरार भएका थिए ।

कुटपिटबाट घाइते भएका पन्थ समेत दुई जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ०१ बजे

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको

सञ्चारमन्त्री खरेलद्वारा ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको