२८ माघ २०८२, बुधबार | February 12, 2026

वामपन्थीहरुको चुनावी मोर्चा बन्न सक्छ : प्रचण्ड



जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्।

सर्लाहीको एक कार्यक्रमलाई सम्वोधन गर्न हिडेका प्रचण्डले जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका दलहरुसँग वार्ता भइरहेकाले मोर्चाबन्दी हुन सक्ने बताएका हुन्।

‘‘पाँच दलीय गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै नेताहरुसँग कुराकानी भइरहेको छ, त्यसमा माधवजी, उपेन्द्रजी, बाबुरामजी हुनुहुन्छ र अहिले त्यसमा वामदेवजी पनि मिसिनुभएको छ, गठबन्धन भित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनिरहेको छ, प्रचण्डले जनकपुर बिमानस्थलमा भने, ‘ सकियो भने चुनावका लागि विशेष मोर्चा निमार्ण पनि हुन सक्छ, भोलि एकता हुने भयो भने पार्टी एकता संयोजन समितिको नामवाट मोर्चाबन्दी पनि हुन सक्छ भनेर छलफल अघि बढाएका छौं।’

गठबन्धन भित्र र बाहिरका बामपन्थी दलहरु बिचमा छलफल चलिरहे पनि अहिले नै निष्कर्षमा नपुगेको प्रचण्डको भनाइ छ।

प्रचण्डले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर आपराधिक गिरोहले हावादारी हल्ला फैलाएको आरोप समेत लगाए । प्रचण्डले भने, ‘यो सव हावा कुरा हो । यो एक भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला हो, यसमा कुनै सत्यता छैन, त्यो हुन सक्ने कुरा पनि होइन ।’

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १ : ५१ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी