२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरे



लमजुङ । लमजुङमा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७८/०७९ को असारमसान्त सम्ममा यतिका जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन् ।

राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी जगदीश मिश्रले बताए । गत आर्थिक वर्ष ०७७/०७८ मा ८ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका थिए । जसमध्ये, ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको सूचना अधिकारी मिश्रले बताए ।

लमजुङमा जिल्ला प्रशासन कार्यालयबाट ०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्र बनाउन शुरु भएको हो । १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउनेछन् । परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ ।

नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : ४१ बजे

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको