२८ बैशाख २०८३, सोमबार | May 11, 2026

पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुँदै



पोखरा । पोखरामा नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो ।

महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए । उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ ।

यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो । सम्मेलनमा महानगरको संचालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएन । यसपालि पनि महानगरको छुट्टै सन्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ । ‘धेरै चुनौति छन् । ति चुनौती पार लाउन आपसी भेटघाट र छलफल हुनुपर्छ,’ आचार्यले भने, ‘एउटा प्रक्रियाको सुरुवात मात्रै हो । यसपछि निरन्तर बैठक हुनेछ ।’

आचार्यले १ महिनाअघि देखि मेयर सम्मेलनको लागि निम्तो गरेका थिए । सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए । ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पूरानै मेयर छन् भने अरु सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : २१ बजे

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा

खजुरा पालिका गान विवाद : २ जना प्रतिष्ठान सदस्यबाट राजीनामा

खजुरा । बाँकेको खजुरा गाँउपालिकाले सार्वजनिक गरेको पालिका गानको विवाद

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि