४ पुस २०८२, शुक्रबार | December 19, 2025

एक करोड लगानी गरेर करपुरेश्वर पार्कलाई व्यवस्थित बनाइँदै



लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका-८ मा रहेको करपुरेश्वर पार्कलाई व्यवस्थित र सुन्दर बनाइएको छ । पार्कलाई सुन्दर बनाउन र व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि विभिन्न संरचना निर्माण गरिएको छ ।

आर्थिक बर्ष ०७५/७६ मा बेंसीशहर नगरपालिका-८ बाट ८ लाख रुपैयाँ बजेट बिनियोन गरि निर्माण कार्य सुरु गरेको पार्कमा ४ वर्षको अवधिमा बेसीशहर नगरपालिकाले ५८ लाख, जिल्ला बन कार्यलयबाट ४५ लाख र अन्य सघसस्थाको विभिन्न सहयोग गरि १ करोडभन्दा बढि रकम खर्च भएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

पार्कमा पानिको साना साना पोखरि, पानीको फोहरा, बिश्राम स्थल, शौचालय,चौतारा, तल बगेको मर्स्याङ्दी नदि र वरपरको दृष्यावलोकनको लागि भ्यु प्लेस बनाइएको छ, जसले गर्दा करपुरेश्वर पार्कको मुहार फेरिएको छ ।

बेंसीशहर बजारको नजिकै रहेको उक्त पार्कलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सके आन्तरिक पर्यटक बढ्ने र आयआर्जनमा समेत टेवा पुग्ने नगरपालिकाले जनाएको छ । अब केही काम बाँकी रहेको र पार्कका लागि आवश्यक संरचना निर्माण गरिसकेपछि त्यसलाई टिकेटको व्यवस्थापन गरि संचालन गर्ने योजना रहेको छ ।

सदरमुकाम बेसीशहर बजारको छेवैमा रहेको मलामि चौरमा बनेको सो पार्कमा अहिले दर्जनौं मानिसहरु दैनिक रुपमा धुम्न,पिकनिक खान , रमाउन र फोटो खिच्न र टिकटक बनाउन पुग्ने गरेका छन् । बाक्लिँदै गयको बजारमा खुला ठाउको अभाव भएको बेला प्राकृतिक सुन्दरताको आनन्द लिई रि-फ्रेश हुने ठाउँ भएकोले स्थानीय खुसी भएका छन् ।

पार्कमा बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकले समेत सहज रुपमा पार्क अवलोकन गर्न सक्ने वातावरण निर्माण गरिनेछ। पार्कमा यतिबेला संरचना निर्माण अन्तिम चरणमा छ भने वृक्षारोपण लगायतका काम भइरहेको छ । दशैंअगाडी निर्माण कार्य संपन्न गरि औपचारीक रुपमा उद्घाटन गरेर संचालन गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको