२८ माघ २०८२, बुधबार | February 12, 2026

एक करोड लगानी गरेर करपुरेश्वर पार्कलाई व्यवस्थित बनाइँदै



लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका-८ मा रहेको करपुरेश्वर पार्कलाई व्यवस्थित र सुन्दर बनाइएको छ । पार्कलाई सुन्दर बनाउन र व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि विभिन्न संरचना निर्माण गरिएको छ ।

आर्थिक बर्ष ०७५/७६ मा बेंसीशहर नगरपालिका-८ बाट ८ लाख रुपैयाँ बजेट बिनियोन गरि निर्माण कार्य सुरु गरेको पार्कमा ४ वर्षको अवधिमा बेसीशहर नगरपालिकाले ५८ लाख, जिल्ला बन कार्यलयबाट ४५ लाख र अन्य सघसस्थाको विभिन्न सहयोग गरि १ करोडभन्दा बढि रकम खर्च भएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

पार्कमा पानिको साना साना पोखरि, पानीको फोहरा, बिश्राम स्थल, शौचालय,चौतारा, तल बगेको मर्स्याङ्दी नदि र वरपरको दृष्यावलोकनको लागि भ्यु प्लेस बनाइएको छ, जसले गर्दा करपुरेश्वर पार्कको मुहार फेरिएको छ ।

बेंसीशहर बजारको नजिकै रहेको उक्त पार्कलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सके आन्तरिक पर्यटक बढ्ने र आयआर्जनमा समेत टेवा पुग्ने नगरपालिकाले जनाएको छ । अब केही काम बाँकी रहेको र पार्कका लागि आवश्यक संरचना निर्माण गरिसकेपछि त्यसलाई टिकेटको व्यवस्थापन गरि संचालन गर्ने योजना रहेको छ ।

सदरमुकाम बेसीशहर बजारको छेवैमा रहेको मलामि चौरमा बनेको सो पार्कमा अहिले दर्जनौं मानिसहरु दैनिक रुपमा धुम्न,पिकनिक खान , रमाउन र फोटो खिच्न र टिकटक बनाउन पुग्ने गरेका छन् । बाक्लिँदै गयको बजारमा खुला ठाउको अभाव भएको बेला प्राकृतिक सुन्दरताको आनन्द लिई रि-फ्रेश हुने ठाउँ भएकोले स्थानीय खुसी भएका छन् ।

पार्कमा बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकले समेत सहज रुपमा पार्क अवलोकन गर्न सक्ने वातावरण निर्माण गरिनेछ। पार्कमा यतिबेला संरचना निर्माण अन्तिम चरणमा छ भने वृक्षारोपण लगायतका काम भइरहेको छ । दशैंअगाडी निर्माण कार्य संपन्न गरि औपचारीक रुपमा उद्घाटन गरेर संचालन गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : ५३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी