६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

सहरी विकास मन्त्रालय कानुनको धज्जी उडाउँदै, एकैवर्ष नक्सा पास नगरी निर्माण सुरु गर्यो ३९ वटा भवन



काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग र अन्य कार्यलयले नक्सा र डिजाईन स्वीकृत नगराई भवन निर्माण गर्ने गरेको पाइएको छ ।

विभाग र अन्य कार्यालयले एकैवर्ष ३९ वटा सरकारी भवन नक्सा र डिजाइन स्वीकृत नगराई निर्माण सुरु गरेको पाइएको हो ।

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा समेत विभाग र अन्य निकायले नक्सा पास नगरी भवन निर्माण गर्ने गरेको औंल्याएको छ ।

‘यो वर्ष (आर्थिक वर्ष २०७७/७८) ३९ सरकारी भवन निर्माणाधीन रहेकोमा १६ भवनको निर्माण कार्य सम्पन्न भएको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ, ‘सहरी विकास तथा भवन निर्माण विभाग र अन्तर्गतका कार्यालयहरुले निर्माण गरेको सरकारी कार्यालय भवनहरुको ऐनमा व्यवस्था बमोजिम नक्सा तथा डिजाईन स्वीकृत गराएको पाइएन ।’

भवन ऐन, २०५५ को दफा ११ मा नगरपालिका क्षेत्रभित्र भवन निर्माण गर्न चाहने व्यक्ति, संस्था वा सरकारी निकायले भवन निर्माण गर्न प्रचलित कानुनवमोजिम सम्बन्धित स्थानीय तहबाट नक्सा तथा डिजाइन स्वीकृत गराउनुपर्ने उल्लेख छ ।

तर सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग र अन्तर्गतका कार्यालयहरुले भने उक्त ऐनको धज्जी उडाउँदै नक्सा नै पास नगरी भवन निर्माण गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  २ : ०३ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र