३० भदौ २०८३, मंगलबार | September 15, 2026

अटेर गरे नारायणघाट-बुटवल सडक आयोजनाको ठेक्का रद्द गर्ने मन्त्री राईको चेतावनी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले ठेकेदार कम्पनीले अटेर गरे नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिएका छन् । प्रतिनधिसभा अन्तर्गतको आज बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको बताए । उनले एक पटक पुनः निर्देशन गर्ने र नमाने ठेक्का रद्ध गर्ने चेतावनी समेत दिए ।

उनले उपलब्धीमुलक निर्माण हुन नसके ठेक्का तोड्नुको बिकल्प नरहेको बताउँदै आयोजनाको ठेक्का रद्ध गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि त्यसलाई सरकारले पर्खेर नबस्ने बताए ।

मन्त्री राईले बैठकमा उपस्थित सडक विभागका महानिर्देशक र सचिवलाई सांसदहरुले चासो राखेर जिज्ञासा गरेका आयोजनाको तत्काल समाधान गर्न निर्देशन दिए । उनले काठमाडौं उपत्यका लगायत मन्त्रालयको क्षेत्राधिकार भित्रपर्ने कुनैपनि सडक मर्मतका समस्या समाधानका लागि मन्त्रालय तत्पर रहेको बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ०१ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको