२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

माओवादी स्थायी समिति : गठबन्धन, समाजवादी केन्द्र र पदाधिकारीमाथि छलफल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धन कायमै रहने जनाएको छ ।

बिहीबार बिहान बसेको माओवादी स्थायी समिति बैठकमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायमै रहने विषयम नेताहरुको समान धारणा रहेको बताइएको छ । तर, गठबन्धनका साथसाथै वामपन्थी दलहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा पनि पहल गर्ने विषयमा बैठकमा छलफल भएको छ । समाजवादी केन्द्र बने चुनावमा कांग्रेससँगको सिट बाँटफाँटमा बार्गेनिङ पावर बढ्ने निर्णायक शक्तिको रुपमा सो केन्द्र बन्ने माओवादीले निस्कर्ष निकालेको छ ।

पाँच दलीय गठबन्धनको लाभ र नोक्सानी, समाजवादी केन्द्र निर्माण, आगामी संघ र प्रदेशको चुनावी रणनीति लगायत समसायमयिक विषयमा नेताहरुले धारणा राखेको एक स्थायी समिति सदस्यले बताए ।

बैठकमा पार्टी पदाधिकारी नियुक्तिसहित स्थायी समिति र पोलिटब्युरोलाई पूर्णता दिनुपर्ने विषयमा नेताहरुले धारणा राखेका िथिए । नेताहरुको बोल्ने क्रम बाँकी नै रहेका कारण भोलि बिहान ८ बजे पुनः बैठक बस्नेछ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १२ : १३ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको