३० असार २०८३, मंगलबार | July 14, 2026

माओवादी स्थायी समिति : गठबन्धन, समाजवादी केन्द्र र पदाधिकारीमाथि छलफल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धन कायमै रहने जनाएको छ ।

बिहीबार बिहान बसेको माओवादी स्थायी समिति बैठकमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायमै रहने विषयम नेताहरुको समान धारणा रहेको बताइएको छ । तर, गठबन्धनका साथसाथै वामपन्थी दलहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा पनि पहल गर्ने विषयमा बैठकमा छलफल भएको छ । समाजवादी केन्द्र बने चुनावमा कांग्रेससँगको सिट बाँटफाँटमा बार्गेनिङ पावर बढ्ने निर्णायक शक्तिको रुपमा सो केन्द्र बन्ने माओवादीले निस्कर्ष निकालेको छ ।

पाँच दलीय गठबन्धनको लाभ र नोक्सानी, समाजवादी केन्द्र निर्माण, आगामी संघ र प्रदेशको चुनावी रणनीति लगायत समसायमयिक विषयमा नेताहरुले धारणा राखेको एक स्थायी समिति सदस्यले बताए ।

बैठकमा पार्टी पदाधिकारी नियुक्तिसहित स्थायी समिति र पोलिटब्युरोलाई पूर्णता दिनुपर्ने विषयमा नेताहरुले धारणा राखेका िथिए । नेताहरुको बोल्ने क्रम बाँकी नै रहेका कारण भोलि बिहान ८ बजे पुनः बैठक बस्नेछ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १२ : १३ बजे

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक

विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा परिचालन गर्न सम्झौता

काठमाडौं । विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको