काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पोखरा विमानस्थलमै आकस्मिक अवतरण गराइएको छ ।
बिहान ८ बजेर ५४ मिनेटमा पोखराबाट उड्ने वित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको टावरलाई जानकारी गराएका थिए। त्यसलगत्तै नाइन एन एएनजी कलसाइन भएको जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गराइएको पोखरा विमानस्थलले जनाएको छ । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि पाइलटले जहाज पोखरा अवतरण गराएको यति एयरलाइन्सले जनाएको छ ।
जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो। एटीआर ७२ जहाजमा ४५ यात्रु रहेका थिए ।


















प्रतिक्रिया