२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

नागढुङ्गाबाट बिल बिनाको १३५ बोरा रासायनिक मल बरामद



काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ ।

ना।६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका–९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार पक्राउ गरिएको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल बिनाको उक्त रसायनिक मल फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई बरामद मल र ट्रक सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ४८ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु