२६ बैशाख २०८१, बुधबार | May 8, 2024

भाडामा सवारी बोक्ने रातो प्लेटका सवारी साधनमाथि प्रहरीको एक्सन



बुटवल । रुपन्देहीको सालझण्डी प्रहरीले भाडामा सवारी बोक्ने रातो नम्बर प्लेट राखिएका निजी सवारी साधन विरुद्ध कारवाही थालेको छ । निजी प्रयोजनमा दर्ता भएका (रातो नम्बरप्लेट) पिकअपमा यात्रु चढाई प्रयोजन बिपरित कार्य गर्ने सवारीलाई प्रहरीले कारवाही थालेको हो ।

निजि सवारीहरुले यात्रु राखि सालझण्डी-झिमझिमे-पाल्पा-अर्घाखाँची रुटमा संचालन भईरहेका ६ वटा सवारी साधन नियन्त्रणमा लिई जरिवाना असुलेर छाडिएको छ । प्रहरी र ट्राफिक प्रहरीको ३ घण्टाको चेकजाँचका क्रममा ६ वटा निजी सवारीले भाडामा सवारी बोकी बिभिन्न स्थानमा जाँदै गरेको अवस्थामा प्रहरीले ति सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा रहेका सवारी साधनकालाई थप कारवाहीको लागि यातायात ब्यवस्था कार्यालय, बुटबल पठाईएकोमा ४ ओटा सवारी साधनलाई प्रति सवारी साधन १० हजार का दरले र थप दुईवटा सवारीसाधन कालो नम्बर प्लेटमा दर्ताको प्रकृयामा गएका तर नम्बर प्लेट नराखि चलाएकोले २ हजारका दरले जरिवाना असुल गरि कारवाही गरिएको प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ०५ बजे

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपाललाई बर्खास्त गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई