१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सच्चा ईश्वर बा आमा



चामल, घ्यु, तिल पोल्छौ
ओम स्वाहा भन्दै
पत्थर माथि दुध चढाउँछौ
१०८ गन्दै

बुवा आमा बृद्धाश्रममा
मन्दिरलाई चन्दा
देखावटी धर्म गर्छौ
भित्र अर्कै धन्दा

श्रीमतीको गाला चाट्छौ
बा आमालाई गाली
धर्महुन्न मन्दिरमा
लाखबत्ति बाली

देवता नै पुज्छौ भने
बा आमालाई पुज
आफ्नै घर मन्दिर हो
सत्य कुरा बुझ

धर्म हुन्न ढुङ्या माथि
लड्डु चढाएर
कस्ले खान्छ मरेपछि
पिण्ड लडाएर ?

लाखौ पैसा खर्च गरि
महापुराण लाउछौ
साक्षात देवता घरमै छाडी
मनिदरमा धाउछौ

मन्दिरको शिलालेखमा
रैछ तिम्रो नाम
बगलिमा छुरा राख्छौ
मुखमा रामराम

कोशेली न्युजबाट साभार 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ५५ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो