१६ बैशाख २०८१, आइतबार | April 28, 2024

सच्चा ईश्वर बा आमा



चामल, घ्यु, तिल पोल्छौ
ओम स्वाहा भन्दै
पत्थर माथि दुध चढाउँछौ
१०८ गन्दै

बुवा आमा बृद्धाश्रममा
मन्दिरलाई चन्दा
देखावटी धर्म गर्छौ
भित्र अर्कै धन्दा

श्रीमतीको गाला चाट्छौ
बा आमालाई गाली
धर्महुन्न मन्दिरमा
लाखबत्ति बाली

देवता नै पुज्छौ भने
बा आमालाई पुज
आफ्नै घर मन्दिर हो
सत्य कुरा बुझ

धर्म हुन्न ढुङ्या माथि
लड्डु चढाएर
कस्ले खान्छ मरेपछि
पिण्ड लडाएर ?

लाखौ पैसा खर्च गरि
महापुराण लाउछौ
साक्षात देवता घरमै छाडी
मनिदरमा धाउछौ

मन्दिरको शिलालेखमा
रैछ तिम्रो नाम
बगलिमा छुरा राख्छौ
मुखमा रामराम

कोशेली न्युजबाट साभार 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ५५ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य