२३ श्रावण २०८३, शनिबार | August 8, 2026

मुम्बई उड्नै लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारतको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आतंकवादी गतिविधिमा संलग्न भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । श्रीमान श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्तिहरु कुनै आतंकवादी संगठनमा रहेको सूचना प्रहरी प्रधान कार्यालयमा पुगेको थियो ।

जहाजको ढोका बन्द गरेर उड्ने तयारी गर्नै लाग्दा प्रहरीले सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको थियो । त्यसपछि सबै यात्रुहरुलाई जहाजबाट ओरालेर शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सबै यात्रुको चेकजाँचपछि प्रक्रिया पुरा गरेर अन्य यात्रुरुलाई पुनः जहाजमै चढाएर गन्तव्यमा पुर्याउने नेपाल एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : ४१ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै