२२ भदौ २०८३, सोमबार | September 7, 2026

चीनको अपमान गर्ने अमेरिका र पृथकतावादी ताइवानीलाई कडा दण्ड दिइनेछ : विदेशमन्त्री वाङ यी



काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको अपमान गर्नेलाई कडा दण्ड दिइने प्रतिवद्धता जनाएका छन् ।

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीले चीनको ताईवानको उत्तेजनापूर्ण भ्रमण गरेपछि क्रुद्ध चिनियाँ नेताहरुले प्रतिक्रिया जनाउनेक्रममा विदेशमन्त्री वाङको कडा टिप्पणी आएको हो ।

आसियान मुलुकका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन कम्बोडिया पुगेका वाङले अमेरिकाले ‘तथाकथित ‘लोकतन्त्र’ को आडमा आफ्नो देशको सार्वभौमसत्ता उल्लङ्घन गरेको आरोप पनि लगाए । उनले ताइवानका पृथकतावादी र अमेरिका विरुद्ध कडा जवाफ दिने वाचा गरे।

विदेशमन्त्री वाङले पेलोसीको भ्रमणलाई ‘बाहिरी प्रहसन’ भनेका छन् ।

आजै चिनियाँ विदेशमन्त्रालमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुआ चुनयिङले ताइवान स्ट्रेट वरपर आफ्नो सैन्य अभ्यास आवश्यक र न्यायपूर्ण भएको जनाएकी छिन् ।

पेलोसीले ताइवान भ्रमण गरेर आफ्नो मुलुकको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको आरोप लगाउँदै चीनले सैन्यअभ्यास न्यायोचित भएको उनले जिकिर गरिन् । ‘चीनको ताइवान नजिकैको समुद्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यास राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न आवश्यक र न्यायपूर्ण उपाय हो’ विदेश मन्त्रालयकी प्रवक्ता हुआले ब्रिफिङमा भनिन् ।

उनले अगाडि भनिन्, ‘पेलोसीको ताइवान भ्रमणको अहिलेको सेरोफेरोमा अमेरिका उत्तेजक हो भने चीन पीडित । अमेरिका र ताइवानको संयुक्त उत्तेजना पहिला आयो, त्यसपछि चीनको बचाउ आएको हो ।’

सभामुख पेलोसीको भ्रमणप्रतिचीन क्रुद्ध छ । उसले ताइवानको उत्तरी, दक्षिण पश्चिम र दक्षिणपूर्वमा हवाई र समुद्रमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : २९ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा