२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बुटवलले थाल्यो भू-उपयोग नीति कार्यान्वयन प्रक्रिया



बुटवल उपमहानगरपालिकामा भू-उपयोग नीति, ऐन र नियमावलीबारे छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भू-उपयोग परिषद्को आयोजनामा बुटवल क्षेत्रका जग्गाको नक्सा, वर्गीकरणको आधार, मापदण्ड र क्षेत्रफलका आधारमा वर्गीकरण गर्ने लागि तयारी स्वरुप स्थानीयस्तरमा छलफल भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नीतिले स्थानीय तहलाई भूबनोट, भूमिको क्षमता र उपयुक्तता, उपयोग र आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गर्ने अधिकार दिएको छ ।

छलफलले ९ दिनभित्र वडास्तरबाट जग्गाहरुको विवरण संकलन गर्ने र त्यसपछि औपचारिक प्रक्रिया अघि बढाउने निर्णय भएको परिषद्का अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उनले वडामा रहेका जग्गाहरुको अवस्थाको विवरण तयार गरेर परिषदमा पेश गरेपछि नाप नक्शांकनको औपचारिक प्रक्रिया अघि बढाईने जनाए ।

कार्यक्रममा भू-उपयोग नीति, ऐन र नियमावलीबारे मालपोत कार्यालय बुटवलका निमित्त मालपोत अधिकृत घनश्याम अर्यालले सहजीकरण गरेका थिए ।

भू-उपयोग नीति, ऐन र नियमावलीबारे जनप्रतिनिधिलाई लाभ हुने गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले जानकारी दिए ।

यस्तै, भू-उपयोगसम्बन्धी राजनीतिक दलहरु रहेको नगरस्तरीय सहजीकरण समितिको ३ जना सदस्यमा जितबहादुर मल्ल, सीता खनाल र प्रकाश परियारलाई थप गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख तथा समितिका अध्यक्ष पाण्डेको अध्यक्षतामा बसेको समितिको बैठकले राष्ट्रिय भूमि आयोगलाई आवश्यक पर्ने जनशक्तिका लागि बुटवल उपमहानगरपालिकाले समन्वय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ५१ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो