२७ माघ २०८२, मंगलबार | February 10, 2026

बुटवलले थाल्यो भू-उपयोग नीति कार्यान्वयन प्रक्रिया



बुटवल उपमहानगरपालिकामा भू-उपयोग नीति, ऐन र नियमावलीबारे छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भू-उपयोग परिषद्को आयोजनामा बुटवल क्षेत्रका जग्गाको नक्सा, वर्गीकरणको आधार, मापदण्ड र क्षेत्रफलका आधारमा वर्गीकरण गर्ने लागि तयारी स्वरुप स्थानीयस्तरमा छलफल भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नीतिले स्थानीय तहलाई भूबनोट, भूमिको क्षमता र उपयुक्तता, उपयोग र आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गर्ने अधिकार दिएको छ ।

छलफलले ९ दिनभित्र वडास्तरबाट जग्गाहरुको विवरण संकलन गर्ने र त्यसपछि औपचारिक प्रक्रिया अघि बढाउने निर्णय भएको परिषद्का अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उनले वडामा रहेका जग्गाहरुको अवस्थाको विवरण तयार गरेर परिषदमा पेश गरेपछि नाप नक्शांकनको औपचारिक प्रक्रिया अघि बढाईने जनाए ।

कार्यक्रममा भू-उपयोग नीति, ऐन र नियमावलीबारे मालपोत कार्यालय बुटवलका निमित्त मालपोत अधिकृत घनश्याम अर्यालले सहजीकरण गरेका थिए ।

भू-उपयोग नीति, ऐन र नियमावलीबारे जनप्रतिनिधिलाई लाभ हुने गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले जानकारी दिए ।

यस्तै, भू-उपयोगसम्बन्धी राजनीतिक दलहरु रहेको नगरस्तरीय सहजीकरण समितिको ३ जना सदस्यमा जितबहादुर मल्ल, सीता खनाल र प्रकाश परियारलाई थप गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख तथा समितिका अध्यक्ष पाण्डेको अध्यक्षतामा बसेको समितिको बैठकले राष्ट्रिय भूमि आयोगलाई आवश्यक पर्ने जनशक्तिका लागि बुटवल उपमहानगरपालिकाले समन्वय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ५१ बजे

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न