१ पुस २०८२, मंगलबार | December 16, 2025

ईनारभित्र एक जनाको शव फेला



उदयपुर । उदयपुरको कटारी नगरपाकिा-४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव ईनारभित्र फेला परेको छ ।

कटारी नगरपालिका -४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव ईनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले ईनारमा शव देखेपछि प्रहरीलाई खवर गरेका थियो ।

घटनास्थल पुगेर शव निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले राईले बताए । घटनाका विषयमा थप अनुसन्धान भई रहेको पनि उनले जानकारी दिए । ‘कसरी घटना भयो अनुसन्धान गरिरहेका छौं ’, डिएसपी राईले भने ।

घटना लगत्तै शसस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका प्रहरीको टोलीले शव ईनारबाट निकालेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ७ : ०३ बजे

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका