१८ पुस २०८२, शुक्रबार | January 2, 2026

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : २८ बजे

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य

महामन्त्रीद्वय समुह र देउवा समुहको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्नुअघि पार्टी सभापति