११ भदौ २०८३, बिहिबार | August 28, 2026

प्याब्सन बुटवलद्वारा आयोजित लोक नृत्य प्रतियोगिताको उपाधि ज्ञानपुञ्जलाई



बुटवल । प्याब्सन बुटवलले आयोजना गरेको अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कूल विजयी भएको छ । १९ प्रतिष्पर्धी विद्यालयलाई पछाडि पर्दै ज्ञानपुञ्जले उपाधि चुमेको हो ।

त्यस्तै क्यानन बोर्डिङ स्कूल दृतीय भएको छ । तृतीय र सांन्त्वना क्रमस एभरेष्ट इङलिस बोर्डिङ स्कूल र दीप बोर्डिङ हाई स्कूल भएको भएका छन । विजयी विद्यालय र प्रतियोगी विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बुटवलका अध्यक्ष कूलानन्द पाण्डेले जानकारी दिए ।

कार्यक्रममा उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संस्थागत विद्यालय विकासमा नगर सधै तयार रहेको बताए । उनले निजी विद्यालयमैत्री ऐन कानून निर्माण गरी लगानी आकर्षित गर्ने वातावरण बनाउन नगरको ढोका सधै खुला रहेको उनको भनाइ छ । लोकसंस्कृति संरक्षण गर्न नगरले आवश्यक बजेट पनि विजियोजन गरेको उनले सुनाए ।

कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले राज्यले संस्थागत र सामुदायिक विद्यालयलाई विभेद गरेको गुनासो गरे । उनले बुटवलमा सबै विद्यालयमा सेनेटरी प्याडको व्यवस्था मिलाउन नगरप्रमुखलाई आग्रह समेत गरे ।

प्याब्सन बुटवलका अध्यक्ष कूलानन्द पाण्डेले गुणस्तरीय शिक्षा प्रदान गरेका संस्थागत विद्यालयलाई राज्यबाट सिधै विभेदको व्यवहार भएको बताए । प्याब्सन बुटवलका उपाध्यक्ष मित्रहरि आचार्यको स्वागत तथा सचिव रामकृष्ण खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ५३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि