६ श्रावण २०८३, बुधबार | July 23, 2026

आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास



काठमाडौं । महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएका छन् ।

शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । घरायसी विवाद हुँदा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मटीतेल खन्याएर आगो लगाएका हुन् ।

शनिबार राति भएको घटनामा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ भने छोरी प्रमिलादेवीको हात, खुट्टा र छाती जलेको छ । सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा फरार छन्। वैदेशिक रोजगारबाट फर्केका शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : २७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क