२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु



स्याङ्जा । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।

यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आउनु भएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आउनु भएको थियो ।

गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य दुई जनासँगै आइतबार घर जाँदै गर्नु भएका कार्की अचानक बाटोमै बेहोस हुनुभएका कार्कीलाई रातिनै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पु-याइएकामा उपचारका क्रममा राति मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

मृत्युपश्चात आज पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी भएको बुझिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ९ : १७ बजे

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,