४ चैत्र २०८२, बुधबार | March 18, 2026

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन



कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु¥याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो ।

“जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौँ”, वडाध्यक्ष अर्जुनबहादुर साउदले भने, “नगरपालिकाले उपलब्ध गराएका दुई वटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ ।” नदीको बाढी बस्तीमा छिरेमा निकै ठूलो धनजनको क्षति हुनसक्ने सम्भावनालाई मध्यजनगर गरी धार परिवर्तन गरी सम्भावित जोखिमलाई न्यूनीकरणमा जुटेको उनले बताए ।

“वर्षा हुने क्रम जारी रहेकाले जुनसुकै बेला पनि नदीमा ठूलो बाढी आउन सक्छ । जोखिम निम्त्याउन सक्छ । बाढी आउनअगावै बस्तीलाई सुरक्षित गर्नमा बिहानैदेखि जुटेको छु”, उनले भने । नदीको धार परिवर्तन गरेपछि यस क्षेत्रका तीन सय बढी परिवार सुरक्षित हुने उनको भनाइ रहेको छ । महाभारत पर्वत भएर बग्ने मछेली नदी महाकाली पछिको यस क्षेत्रको ठूलो नदी हो ।

यस नदीले बर्सेनि तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको उब्जाउ जग्गा कटान गर्नुको साथै बाढी बस्तीमा छिरेर डुबानमा समेत पार्ने गरेको छ । यसैबीच, बेदकोट नगरपालिका-४ स्थित सार्की पार्की गाउँका बासिन्दालाई चौधर नदीको जोखिमबाट जोगाउनका लागि सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको कार्य सुरु गरेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट परिचालित जवानहरुले सो गाउँ जोगाउनका लागि प्लाष्टिकको बोरामा बालुवा भरेर अस्थायी तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छन ।

साउन १८ गते नदीमा आएको बाढीले क्रिसन भुलको परिवारलाई विस्थापनमा पारेको थियोे । तीव्ररुपमा जग्गा कटानी हुन थालेपछि तटीय क्षेत्रका नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । सम्भावित जोखिमलाई मध्यनगर गरी जनताको तटबन्ध कार्यालयबाट प्राप्त भएका एक हजार पाँच सय बोरामा बालुवा भरेर प्लाष्टिकको जालमा राखेर अस्थायी तटबन्ध निर्माणको कार्य भइरहेको स्थानिय राजुराम भुलले बताए । “तत्कालका लागि अस्थायी तटबन्ध निर्माणले जोगाउने अपेक्षा गरेका छौँ”, उनले भने, “त्यसपछि स्थायी तटबन्धका लागि सम्बन्धित निकायलाई गुहार्छौं ।”

 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ९ : २७ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन