१६ बैशाख २०८१, आइतबार | April 28, 2024

राजधानी सार्ने हतारो, मुख्यमन्त्री केसीले गराए राप्ती प्राविधिक विद्यालयलाई साउन महिनामै खाली गराउने निर्णय



भालुवाङ । कार्यकाल सकिने दिन नजिकै आउँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई बुटवलबाट दाङमा राजधानी सार्ने हतारो लागेको छ । राजधानीका लागि आवश्यक पूर्वाधार तयार नहुँदै मुख्यमन्त्री केसीले साउन भित्रै राप्ती टेक्निकल कलेजलाई स्थानीय सरस्वतीमा माबीमा सारेर मन्त्रालयहरु दाङ सार्न दवाव सिर्जना गर्न थालेका छन् ।

मुख्यमन्त्री केसी आफै बैठकमा बसेर राजधानी निर्माण एवं स्थापनाका लागि भन्दै राप्ती टेक्निकल शिक्षालय साउन ३१ गते सरस्वती मा.वि. गढुवामा सार्ने निर्णय गराएका छन् । केसी आफै उपस्थित रहेको आज बसेको टेक्निकल बिद्यालयको सञ्चालक समितिका बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माणको कार्य अगाडि बढेको र सो कार्यलाई सहयोग गर्नका लागि साउन ३१ गते नै बिद्यालयलाई सरस्वती माबीमा सार्ने निर्णय गरेको हो ।

केसीले प्रमुख जिल्ला अधिकारी एवं सञ्चालक समितिका अध्यक्ष हिरालाल रेग्मी मार्फत बैठक बसालेर तत्काल स्थान खाली गराउने निर्णय गराएका हुन् । बैठकमा अध्यक्ष रेग्मीले विद्यालयलाई स्थानतरण गर्नका लागि सबैले सहयोग गरि दिन आग्रह गरेका थिए ।

बैठकमा बोल्दै राप्ती टेक्निकल प्राविधिक विद्यालयका प्रमुख शालिकराम डाँगीले विद्यालयको राजधानी ल्याउनै पर्ने भएपछि सार्न ढिलाई गर्न नहुने बताए ।

बैठकमा सहभागी मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माण र राप्ती टेक्निकलको विकासका लागि बरावरी प्राथमिकता राखेर काम गर्ने आश्वासन दिए ।

बैठकले राप्ती टेक्निकललाई २०७९ साल साउन ३१ गते सार्ने, टेक्निकलकोले सो भवन एवं सामान बरबुझरातका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई पत्रचार गर्ने, सार्नका लागि आवश्यक बजेट र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारकासँग बजेट माग गर्ने समेत निर्णय गरेको छ ।

 

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ४८ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई