३ चैत्र २०८२, मंगलबार | March 17, 2026

राजधानी सार्ने हतारो, मुख्यमन्त्री केसीले गराए राप्ती प्राविधिक विद्यालयलाई साउन महिनामै खाली गराउने निर्णय



भालुवाङ । कार्यकाल सकिने दिन नजिकै आउँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई बुटवलबाट दाङमा राजधानी सार्ने हतारो लागेको छ । राजधानीका लागि आवश्यक पूर्वाधार तयार नहुँदै मुख्यमन्त्री केसीले साउन भित्रै राप्ती टेक्निकल कलेजलाई स्थानीय सरस्वतीमा माबीमा सारेर मन्त्रालयहरु दाङ सार्न दवाव सिर्जना गर्न थालेका छन् ।

मुख्यमन्त्री केसी आफै बैठकमा बसेर राजधानी निर्माण एवं स्थापनाका लागि भन्दै राप्ती टेक्निकल शिक्षालय साउन ३१ गते सरस्वती मा.वि. गढुवामा सार्ने निर्णय गराएका छन् । केसी आफै उपस्थित रहेको आज बसेको टेक्निकल बिद्यालयको सञ्चालक समितिका बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माणको कार्य अगाडि बढेको र सो कार्यलाई सहयोग गर्नका लागि साउन ३१ गते नै बिद्यालयलाई सरस्वती माबीमा सार्ने निर्णय गरेको हो ।

केसीले प्रमुख जिल्ला अधिकारी एवं सञ्चालक समितिका अध्यक्ष हिरालाल रेग्मी मार्फत बैठक बसालेर तत्काल स्थान खाली गराउने निर्णय गराएका हुन् । बैठकमा अध्यक्ष रेग्मीले विद्यालयलाई स्थानतरण गर्नका लागि सबैले सहयोग गरि दिन आग्रह गरेका थिए ।

बैठकमा बोल्दै राप्ती टेक्निकल प्राविधिक विद्यालयका प्रमुख शालिकराम डाँगीले विद्यालयको राजधानी ल्याउनै पर्ने भएपछि सार्न ढिलाई गर्न नहुने बताए ।

बैठकमा सहभागी मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माण र राप्ती टेक्निकलको विकासका लागि बरावरी प्राथमिकता राखेर काम गर्ने आश्वासन दिए ।

बैठकले राप्ती टेक्निकललाई २०७९ साल साउन ३१ गते सार्ने, टेक्निकलकोले सो भवन एवं सामान बरबुझरातका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई पत्रचार गर्ने, सार्नका लागि आवश्यक बजेट र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारकासँग बजेट माग गर्ने समेत निर्णय गरेको छ ।

 

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ४८ बजे

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना