१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सीट बाँडफाँडका लागि गठबन्धन कार्यदलको बैठक बस्दै



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको सीट बाँडफाँड कार्यदलको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज कार्यदलको दोस्रो बैठक बस्न लागेको हो । यसअघि दुई दिनअघि बसेको कार्यदल बैठकले कार्यदल संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई चयन गरेको थियो ।

आज दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको १६५ सिट र प्रदेशसभाको ३३० सिटलाई कसरी बाँडफाँट गर्ने भन्नेबारे छलफल हुनेछ ।

निर्वाचनमा गठबन्धनले देशव्यापी तालमेल गरेर जाने निर्णय शीर्ष नेताहरुको बैठकले गरेपनि सिट बाँडफाँट भने पेचिलो बन्ने प्रष्ट देखिएको छ । सत्ता गठबन्धनभित्रका दलहरुले आआफ्नो पार्टीको पोजिशन बलियो बनाउने गरी बैठकमा बार्गेनिङ गर्ने तयारी गरेका छन् ।

कांग्रेसले कम्तिमा पनि १०० सिट पाउने दाबी पेश गर्ने बताइएको छ । यस्तै माओवादी केन्द्रले पनि कम्तिमा तेस्रो ठूलो पार्टी बन्ने हैसियतसहित सिट प्राप्त गर्ने योजना बनाएको छ भने एकीकृत समाजवादीले कम्तिमा ४० सिट दाबी गरेर २५ भन्दा तल नघट्ने बताएको छ । यस्तै जसपा र राष्ट्रिय जनमोर्चाले यसअघि जितेका निर्वाचन क्षेत्र सोही दलले पाउने गरी बाँकीमा छलफल गर्नुपर्ने योजना बनाएको बताइएको छ ।

आजको बैठकमा भने सिट बाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : ४३ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको