२३ श्रावण २०८३, शनिबार | August 8, 2026

एमाले महोत्तरी जिल्ला अधिवेशन कहिले हुन्छ ?



महोत्तरी । नेकपा एमाले महोत्तरीको अधिवेशनको चर्चाले जिल्ला राजनीतिबृतमा पुनः अधिवेशन होला कि नहोला भन्ने विषयले थप चर्चा पाएको छ ।

तर नेताहरूबीचको नै आन्तरिक कलहले पटक-पटक बिथोलिँदै आएको अधिवेशन यसपटक भने सफल बन्नेमा नेताहरूको विश्वास छ ।

देशैभरी अधिवेशन सकिसक्दा पनि आन्तरिक कलहमा नै रुमलिरहेको नेकपा एमाले महोत्तरीले निक्कै रस्साकस्सीका साथ अधिवेशनको मितिसमेत सार्वजनिक गरेको छ ।

२२ गते बसेको प्रदेश सचिवालय बैठकले असोज ५ र ६ लाई अधिवेशन मिति निर्धारण गरेसँगै नेताहरूको दौडधुप पनि त्यतिकै बाक्लिएको छ ।

कारिचन्द्र साहको नेतृत्वमा ५५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति समेत गठन भइसकेको हुनाले निर्धारित मितिमा नै अधिवेशन सम्पन्न हुने केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सरोज यादव बत्ताउँछन् ।

अहिले पहिले इन्चार्ज रहेका केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकीलाई इन्चार्जको जिम्मेवारीबाट हटाएर सरोज यादवलाई इन्चार्ज तोकिएको छ भने रामदयाल मण्डललाई स-इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यसअघि बलाम्पाकी इन्चार्ज थिए भने सरोज यादवलाई सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । लामो समयदेखि जिल्ला आयोजक कमिटी बनाउन नै संघर्ष गर्दै आएको नेकपा एमालेले जिल्ला अधिवेशन आयोजक कमिटी टुंग्याएता पनि निर्धारित मितिमा नै अधिवेशन सम्पन्न हुनेमा कतिपयले संका व्यक्त गर्न थालेका छन् ।

जिल्लाको नेतृत्व लिन नेताहरूमा निक्कै दौडधुपसमेत चलेको छ । जिल्लाको नेतृत्व उत्तरी क्षेत्रले लिनेकी दक्षिणी क्षेत्रले लिने भन्ने विषय झन् पेचिलो बन्दै गएको छ ।

लामो समयदेखि जिल्लाको नेतृत्व दक्षिणी क्षेत्रले लिँदै आएको र उत्तरी क्षेत्रमा क्षमतावान् नेताहरू हुँदाहुँदै वञ्चित बनिरहेको उत्तरी क्षेत्रका नेताहरूको गुनासो छ ।

तर दक्षिणी क्षेत्र वा उत्तरी क्षेत्रभन्दा पनि एमाले महोत्तरीलाई बलियो र सन्तुलित ढङ्गले हाँक्न सक्ने नेता कै पोल्टामा यसपटकको नेतृत्व सुनिश्चित हुने कतिपय नेताहरूको भनाइ छ ।

जिल्लाले केन्द्रबाट एक जना पोलिटब्युरो सदस्य र ३ जना केन्द्रीय सदस्य पाएको छ । यतिधेरै केन्द्रीयस्तरका नेता भएको एमाले महोत्तरीमा ७६ वटै जिल्लामा अधिवेशन सकिसक्दा पनि महोत्तरीमा अधिवेशन किन सकिएन भन्ने प्रश्न उठेको छ ।

तर केन्द्रीयस्तरका नेताहरूमा नै आफ्ना गृह ठाउँमा आफूखुसी समान्तर संगठन समेत बिस्तार गरिरहेका छन् । अघिल्लो अधिवेशनको तयारी गर्दागर्दै केन्द्रीय सदस्य सरोज यादव र पोलिटब्युरो सदस्य रामदयाल मण्डलबीचको झगडाले औरही, रामगोपालपुर लगायतका कतिपय ठाउँमा समान्तर कमिटी समेत गठन भएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : २२ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी