५ आश्विन २०८३, सोमबार | September 21, 2026

गुल्मी धुर्कोट मसुरेखर्क सम्पर्क समाजको भेटघाट कार्यक्रम सम्पन्न



बुटवल । गुल्मीको धुर्कोट मसुरेखर्कबाट रुपन्देहीमा आएर बसोबामस गरिरहेकाहरुको संगठन धुर्कोट मसुरेखर्क सम्पर्क समाजको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । हरितालीका (तिज)को अबसर पारेर गुल्मी धुर्कोट मसुरेखर्कबाट रुपन्देही आई बसोवास गरेकाहरुकाबीच भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।

गुल्मी धुर्कोट मसुरेखर्क सम्पर्क समाजका जेष्ठनागरिक वालकुमारी खनालको प्रमुख आतिथ्य नरमदा खनाल र शाबित्रा खनालको बिशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै संस्थाका, सहसंयोजक बसुन्धरा भुसाल र सल्लाहकार बुद्धि पराजुलीले धुर्कोट मसुरेखर्कबाट बिभिन्न प्रयोजनमा रुपन्देही आएर बसोवास गर्ने सबैएक आपसमा परिचित हुने तथा एक अर्कोलाई समस्या पर्दा सबैले सहयोग गर्ने उदेश्यले भेटघाट कार्यक्रम राखिएको बताए ।

गुल्मी धुर्कोट मसुरेखर्क सम्पर्क समाजका कोषाध्यक्ष चिन्तामणि घर्ति सदस्य,दधिराम खनाल सदस्यहरु चिरञ्जीबि खनाल चन्द्रकान्त खनाल बुद्धिराम खनाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुका लागि दर खुवाउनुका साथै तीजको भाकामा नाचगान समेत भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १० : ०१ बजे

बुटवलको सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित

बुटवल । बुटवल-६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा