८ पुस २०८२, मंगलबार | December 23, 2025

गुल्मी धुर्कोट मसुरेखर्क सम्पर्क समाजको भेटघाट कार्यक्रम सम्पन्न



बुटवल । गुल्मीको धुर्कोट मसुरेखर्कबाट रुपन्देहीमा आएर बसोबामस गरिरहेकाहरुको संगठन धुर्कोट मसुरेखर्क सम्पर्क समाजको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । हरितालीका (तिज)को अबसर पारेर गुल्मी धुर्कोट मसुरेखर्कबाट रुपन्देही आई बसोवास गरेकाहरुकाबीच भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।

गुल्मी धुर्कोट मसुरेखर्क सम्पर्क समाजका जेष्ठनागरिक वालकुमारी खनालको प्रमुख आतिथ्य नरमदा खनाल र शाबित्रा खनालको बिशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै संस्थाका, सहसंयोजक बसुन्धरा भुसाल र सल्लाहकार बुद्धि पराजुलीले धुर्कोट मसुरेखर्कबाट बिभिन्न प्रयोजनमा रुपन्देही आएर बसोवास गर्ने सबैएक आपसमा परिचित हुने तथा एक अर्कोलाई समस्या पर्दा सबैले सहयोग गर्ने उदेश्यले भेटघाट कार्यक्रम राखिएको बताए ।

गुल्मी धुर्कोट मसुरेखर्क सम्पर्क समाजका कोषाध्यक्ष चिन्तामणि घर्ति सदस्य,दधिराम खनाल सदस्यहरु चिरञ्जीबि खनाल चन्द्रकान्त खनाल बुद्धिराम खनाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुका लागि दर खुवाउनुका साथै तीजको भाकामा नाचगान समेत भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १० : ०१ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर