४ जेष्ठ २०८१, शुक्रबार | May 18, 2024

साझा चुनाव चिन्ह र घोषणापत्रसहित चुनावमा जाने प्रचण्ड र बाबुरामबीच सहमति



काठमाडौं । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईको नेपाल समाजवादी केन्द्रबीच एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी केन्द्रका अध्यक्ष भट्टराईबीच आज भएको भेटवार्तामा आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । प्रचण्डलाई भेट्न भट्टराई बिहानै खुमलटार पुगेका थिए ।

दुई नेताहरुबीच अहिले यौटै चुनाव चिन्ह (माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा), साझा घोषणा पत्र, समानुपातिकको साझा बन्द सूची लिएर निर्वाचनमा जाने र मंसिर पछि पार्टी एकता समेत गर्ने समझदारी बनेको बताइएको छ ।

दुई पार्टीले यौटै चुनाव चिन्ह र साझा घोषणापत्र लिएर आगामी निर्वाचनमा लड्ने सहमति भएपनि औपचारिक सहमति भने हुन बाँकी छ । संभवतः सोमबार दुई पार्टीबीच हस्ताक्षर गरी निर्वाचन आयोगमा दल दर्ता गर्न जाने योजना रहेको छ ।

२०७२ असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएपछि असन्तुष्ट भएका भट्टराईले माओवादी पार्टी परित्याग गरी नयाँ शक्ति पार्टी बनाएका थिए । पछि उनी जनता समाजवादी पार्टीको संघीय परिष्द अध्यक्षसम्म बने भने केही समय अघि मात्र सो पार्टीबाट बाहिरिएर नेपाल समाजवादी पार्टी बनाएका हुन् ।
प्रचण्ड र भट्टराईबीच समाजवादी केन्द्र बनाउने विषयमा पटकपटक छलफल हुँदै आएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : ५५ बजे

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक, लुम्बिनीमा थन्किएको बसलाई छिट्टै प्रयोगमा ल्याइने

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग