१ आश्विन २०८३, बिहिबार | September 18, 2026

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश संसदमा जानकारी गराइने



काठमाडौं । प्रतिनिधिसभामा मंगलबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएको सन्देशसहितको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको छ ।

सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।

राष्ट्रपति भण्डारीले आफुकहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्विचारका लागि भन्दै आइतबार प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको थियो ।

सोमबार राष्ट्रपति कार्यालयको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । प्राप्त राष्ट्रपति कार्यलयको पत्रबारे मंगलबार सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची आएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ५४ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा